Connect with us
Kapilvast Forest

गाई तस्करको अखडा बन्दै कपिलवस्तु, गोरु संगै गाईको पनि तस्करी 

२०७६, २१ असार शनिबारमा प्रकाशित

अर्जुन बेल्बासे,कपिलवस्तु असार २१,

कपिलस्तुको कृष्णनगर नाका हुदै नेपाल भित्रिएका गोरुहरु जिल्लाको विभिन्न स्थानमा डम्पिङ्ग गर्दै पुन यहाँबाट पूर्व तर्फ लैजान्छन भन्ने समाचार नयाँ होइन । धेरै पटक प्रशासनले लोड गरि लैजाने तयारीमा राखेका सवारी र गोरु संगै पक्रेको र छाडेको समाचार पनि नयाँ होइन । कृष्णनगर देखि चन्द्रौटा सडक खण्डका विभिन्न ठाँउमाहरुमा गोरु व्यापारीहरुले गोरु जम्मा गर्ने र लैजाने गर्दै आएका छन । विभिन्न समयमा प्रहरी र प्रसासनले गोरु व्यापारीलाई रोके पनि कागजात पुरा भएको आधारमा छोड्दै आएको हो ।

गोरु व्यापार गर्ने व्यापारीहरुले गोरु संगै गाईको तस्करी गर्ने गरेको शुक्रवार भेटिएको छ । ढुवानीका शिवराज नगरपालिका वडा नं. ६ गडगौडामा राखिएको अवस्थामा गाईहरु फेला परेका छन । स्थानिय युवाहरुले गाई गोरु तस्करीलाई रोक्ने अभियान स्वरुप विहिबार राति लोड गर्ने तयारीमा राखिएका करिब ७० बढि गाईहरु फेला परेको स्थानिय युवा धर्मराज विश्वकर्माले बताए । सोही जत्थामा दिन भरी बाधेर राख्दा १ वटा गाई मरेको समेत उनले बताए । युवाहरुको जत्थाले लोड गर्न रोकेपछि सवारी साधन लिए भागेको उनले बताएका छन । गाई अहिले बेवारीसे अवस्था सोहि स्थानमा नै रहेको पनि उनले बताए । लोड गर्न तयारी अवस्थामा राखेका गाइहरु अहिले घास पानी विहिन भएका छन । विहिबार दिउँसो बाधिएका गाईहरु कोहि पनि जिम्मेवार नभएपछि गाइहरु हिजोबाट विनाघाँस पानी रहेका छन ।

लोड गरी बेचविवखनका लागी लैजनो तयारी अवस्थामा ठूलो मात्रामा गाईहरु फेला परेपछि राति नै स्थानिय युवाहरुले वडा प्रहरी कार्यालयमा खबर गरेको युवाहरुले जनाएका छन। प्रहरी राती अबेर पुगेर गाईहरु फुकाएर छाडिदिने आदेश भएको भन्दै फुकाउन खोजे पनि स्थानियले बाली नालीमा पस्ने हुदाँ गाई फुकाउन नदिएको स्थानिय युवाले बताए । गाई फुकाएर बेबारीसे अवस्था छोड्नु भन्दा पनि के प्रायोजनमा कस्ले जम्मा गरी विक्रिका लागी लान खोजेको हो सोहि व्यक्ति पत्ता लगाउनु पर्ने सोहि वडाका वडा सदस्य विजय यादवले बताए ।
पछिल्लो समय गोरु बोकेका ट्रकहरुलाई चन्द्रौटा चेकपोष्टबाट फार्काउदै आएको र गोरुको ढुवानीमा केहि हद सम्म नियन्त्रण प्रयास भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख मोतिलाल योन्जलले बताए । कागजी प्रकृयामा कृषि प्रयोजनाका लागी गोरु बेचबिखन र ढुवानी अनुमति समेत लिएका व्यापारी छन । गोरु कृषि प्रायोजनमा प्रयोग गर्ने भन्दै पश्चिम देखि पूर्व सम्म ढुवानीमा कुनै रोकतोक नगर्न सर्वोच्चको आदेशको प्रकृयागत रुपमा हामीले रोक्न नमिले पनि स्थानियको आग्रहमा गोरु ढुवानी गर्नेमाथी कडाइ नै गर्देै आएको उनले बताए । कोहि व्यक्ति पनि नभएको र गाडीहरु पनि नटिएको अवस्था गाईहरु जम्मा मात्रै गरेको पाइएकोले तस्करी कै लागी हो भन्न नसकिने समेत योन्जनले बताए ।
गाइहरु स्थानियले रोकेको भन्ने जानकारी आए पनि सम्बन्धित व्यक्ति भने फरार रहेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख विजयराज पौडेलले बताए। गाइहरु राख्ने कस्को गाई हो को आउँछ लिन त्यहि बेला प्रशासनलाई खबर गर्न भनेको उनले बताए ।
कागजमा कृषि प्रायोजन भनेर लेखिए पनि गोरु मासु उपभोगका लागी पूर्व नाका हुदै बङगलादेश सम्म तस्कर हुने गरेको जानकारहरु बताउँछ । व्यापा्रीले दिनभरी गडगौडामा गाइहरु जम्मा गर्ने र राती लोड गरी लैजाने सुचनाको आधारमा वडा नं. ६ का वडा सदस्य यादवको सक्रियता स्थानीय युवाले रोकेका थिए । गाईलाई हिन्दु धर्ममा गौमाताको रुपमा पुजा गर्ने हुदाँ आफुले तस्करीको हातमा गौमाता दिन नसक्ने युवाहरुले बताए छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu