Connect with us
Kapilvast Forest

उद्योग मन्त्री यादव भन्छन्, ‘सचिवले डुबाए

२०७६, २३ असार सोमबारमा प्रकाशित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षणको निर्णयमा आफूलाई सचिवले डुबाएको बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले निर्णय गर्ने बेला आफूलाई गुमराहमा राखेर डुबाएको बताउनुभयो ।

पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै मन्त्री यादवले जनतालाई विषादी खान नदिने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेलाई गल्ती भयो, माफी माग्छु, मलाई थप्पड हानेर सन्तोष मिल्छ भने हान्नुस् ।’

साथै मन्त्री यादवले कसैको दबाबमा परेर बिषादी परीक्षणको निर्णय फिर्ता नगरिएकाको स्पस्टीकरण दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu