चन्द्रौटामा हुने भलिबल प्रतियोगिताको तयारी पुरा ,२५ टिम दर्ता
न्युज सेन्टर नेपाल,कपिलवस्तु –कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा भोलि देखि सुरु हुने ठुलो धन राशीको भलिवल प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको छ ।स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारासहित राईजिङ स्टार युवा क्लवको आयोजनामा असोज १ गते (भोली) देखि सुरु हुने खुल्ला पुरुस तथा महिला भलिवल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको खेल आयोजक समितिका ब्यवस्थापक गम्भिर पुनले जानकारी दिनु भयो ।
चन्द्रौटाको राईजिङ स्टार युवा क्लबको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा विहिवार सम्म २५ टिम दर्ता भएको ब्यवस्थापक पुनले जानकारी दिनु भयो ।टिम दर्ताको क्रम अझै पनि जारी रहेको उहाँले बताउनु भयो ।
भोलि देखि सुरु हुने खेल प्रतियोगिताको लागि महिलातर्फ ७ टिम एभ्रेष्ट क्लव रुपन्देही ,लाफा क्लव रुपन्देही , सैनामैना स्कुल रुपन्देही , राईजिङ स्टार युवा क्लव आयोजक टिम ,नमुना ज्योति क्लव हल्लानगर , जयबुद्ध क्लव शिवपुर ,समयथान स्कुल खरेन्द्रपुर र पुरुष तर्फ १८ टिम एपीएफ चन्द्रौटा, अर्घाखाँची, नवलपारी ,पाल्पा , स्यांजा, गुलमी ,प्युठान ,दाङ्ग ,रोल्पा बाग्लुङ्ग को एक / एक टिम र कपिलवस्तु र रुपन्देहिको चार /चार टिम हाल सम्म दर्ता भएको आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताको विजेता पुरुष टिमलाई प्रथम हुनेलाई नगद १ लाख १ हजार १ ट्रफि मेडल,प्रमाण पत्र, दोस्रो हुनेलाई नगद ७१ हजार ट्रफि मेडल,प्रमाण पत्र,तेस्रो हुनेलाई नगद ४१ हजार ट्रफि मेडल,प्रमाण पत्र सान्तवना हुनेलाई नगद २१ हजार ट्रफि मेडल,प्रमाण पत्र त्यसैगरी महिला टिमको विजेताले १५ हजार र उपविजेताले ७ हजारको साथममा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
साथै खेलमा विभिन्न विधामा उत्कृष्ट खेलाडिलाइ समेत पुरस्कार दिने आयोजकले जनाएको छ । साथै क्लवले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगितको पुर्व सन्ध्यामा बृहत चन्द्रौटा बजार सरसफाइ कार्यक्रम समेत गरेको क्लवका अध्यक्ष प्रदिप थापाले जानकारी दिनु भयो ।