Connect with us
Kapilvast Forest

भारत र चीनका सेनाबीच सीमामा झडप, दिनभर ‘मुक्कामुक्की’

२०७६, २६ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा झडप भएको छ ।

भारतीय पत्रिका टाइम्स अफ इण्डियाका अनुसार भारतीय र चिनियाँ सैनिक लद्धाखको सीमा क्षेत्रमा झडपमा उत्रिएका हुन् ।

पत्रिकाका अनुसार हिजो पूर्वी लद्धाखमा भारतीय सेना गस्तीमा गएका बेला चीनका सेनासंग धेरै बेरसम्म धकलाधकेल र मुक्कामुक्की भएको थियो ।

चिनियाँ सेनाले यस क्षेत्रमा भारतीय सेनाको उपस्थितिको विरोध गरेपछि दुवै पक्षबीच मुक्कामुक्की शुरु भएको हो ।घटनापछि दुवै देशले सैनिक संख्या बढाएका थिए । घटना सांझसम्म लम्बिएको थियो ।

तनावपछि भारत र चीन उच्च सैनिक तहमा कुराकानी भएको बताइएको छ ।यसअघि पनि दुई मुलुकका सेनाबीच सीमा क्षेत्रमा यस्तै किसिमको घटना भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu