Connect with us
Kapilvast Forest

कक्षा -१२ परीक्षा : चार लाख ९१ हजार विद्यार्थी सहभागि

२०८१, १४ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौ । कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएको जनाएको छ । यस वर्ष कक्षा १२ को परीक्षमा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका छन ।

नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेका छन ।

सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा छन् । जहाँ १४४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङरमुस्ताङमा एक–एक परीक्षा केन्द्र रहेको परिक्षा बोर्डले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu