Connect with us
Kapilvast Forest

‘अफताब जेल नगएसम्म छोराको किरिया गर्दिनँ’

२०७६, २ कार्तिक शनिबारमा प्रकाशित

 काठमाडौं । रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन् । अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ । राजपुर बम काण्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए। ‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अहिलेसम्म लास देखाएको छैन। कसरी काजकिरिया गर्ने’ आँखाभरि आँसु पार्दै श्रीनारायणले भने, ‘छोरो मरेको हो भने न्याय पाउनुप¥यो, जिउँदै छ भने देखाइदिनुप¥यो।’

२०६४ चैत २७ गते साँझ बम विस्फोटमा छोरो मारिएको अनौपचारिक जानकारी प्राप्त भएको र आफूले १२ वर्षदेखि सर्वोच्च अदालतसम्म धाएर न्याय खोजिरहेको बताउँदै सिंहले अब भने न्याय पाउने र छोराको काजकिरिया गर्न पाउने आशा गरेका छन् ।

‘बम काण्डका मुख्य अभियुक्त आफताब आलम पक्राउ परेकाले अदालतले न्याय दिने र मैले छोराको काजकिरिया गर्ने अवसर पाउने विश्वास छ।’ अरुलाई प्रभावित गर्न सक्ने पिन्टुको बोल्ने शैलीले गर्दा नेपाली कांगेसको प्रचारप्रसारमा सहभागी हुन भन्दै राजपुरका शेख भदईले चैत १८ गते घरबाटै बोलाएर लगेको सिंह अहिले पनि झल्झली सम्झन्छन्। नागरिक दैनिकले खबर छापेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu