Connect with us
Kapilvast Forest

सीको सुरक्षामा ५० चिनियाँ सुरक्षाकर्मी काठमाडौँमा

२०७६, २५ आश्विन शनिबारमा प्रकाशित

काठमाडौँ । राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सुरक्षाका लागि ५० चिनियाँ सुरक्षाकर्मी काठमाडौँ आइसकेका छन्।

उनीहरुले सीको रुटको सूक्ष्म अध्ययन गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कतिपय सूचना संकलनमा खटिएका छन्। सीको सवारीका क्रममा पहिलो घेरामा चिनियाँ सुरक्षाकर्मी नै हुनेछन्।

सी चढ्ने गाडिसमेत गत मंगलबार चीनबाट ल्याइसकिएको छ।

सीको भ्रमणका लागि सरकारले सोल्टी होटल तीन निका लागि बुक गरेको छ।

सुरक्षाका कारण होटलमा अन्य सर्वसाधारणलाई बस्न नदिने गरी शुक्रबारदेखि आइतबारसम्मका लागि सबै कोठा बुक गरिएको हो।

सीको सवारीको क्रममा एक घण्टासम्म सडक खाली गरिने छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu