Connect with us
Kapilvast Forest

बलात्कार आरोपमा आरोपित महरा सरकारी वकीलसमक्ष बयान दिँदै

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

Picture-File
काठमाडौं, कात्तिक ३ । निवर्तमान सभामुख कृष्णबहादुर महरासँग प्रहरीले बयान लिन शुरु गरेको छ ।

आइतवार बिहान जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं पुर्याइएका महरालाई सरकारी वकीलसमक्ष प्रहरीले बयान लिएको हो । स्वास्थ्यको कारण देखाउँदै बयान दिन अटेर गरिरहेका महरालाई बयानका लागि सरकारी वकील कार्यालय लगिएको हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका महरालाई बयानका लागि सरकारी वकीलको कार्यालय लगिएको हो ।

काठमाडौं सरकारी वकील कार्यालयका प्रमुख चन्द्रकान्त खनालले सरकारी वकिल समक्ष प्रहरीले महराको बयान लिन थालेको जानकारी दिएका छन् ।बयान नसकिएमा म्याद थपका लागि महराको फेरि आइतवार नै अदालत लैजानुपर्ने हुन्छ । अनुसन्धानका लागि प्रहरीलाई अदालतले दिएको समय आजै सकिँदैछ ।

महरामाथि लागेको आरोपको अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले १३ दिनको समय दिएको थियो । आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि प्रहरीले महरालाई असोज १९ गते सभामुख निवाबाटै पक्राउ गरेको थियो ।

असोज १२ गते राति आफ्नो काठमाडौं तीनकुनेस्थित डेरामा आएर महराले बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको भन्दै शाहीले प्रहरीमा उजुर गरेकी छिन् ।

त्यसको भोलिपल्ट उनले घटनाबारे मिडियालाई जानकारी गराएपछि महराको सर्वत्र आलोचना भएको थियो । त्यसपछि उनले सभामुख पदबाट राजीनामा समेत गरेका छन् ।

उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीलेसभामुख र सांसद पदबाट राजीनामा दिन भने पनि महराले अझै सांसदबाट राजीनामा दिएका छैनन् ।

असोज १९ मा पक्राउ गरेपनि बीचमा दशैंलगायतका बिदा परेकाले प्रहरीले असोज २८ गते म्याद थपका लागि अदालत लगेको थियो ।

महरा भने पक्राउ परेको चार दिनपछि स्वास्थ्य गम्भीर भएको भन्दै थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । अहिले पनि उपचारकै क्रममा नर्भिक अस्पतालमै छन् ।

असोज २८ मा म्याद थप गर्न र आज बयान लिन पनि अस्पतालबाटै लगिएको हो । उनलाई उच्च रक्तचाप, अनिद्रा र तनाव भएको अस्पतालको भनाइ छ ।पक्राउ परेका व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu