Connect with us
Kapilvast Forest

बसले माेटरसाइकललाई ठक्कर दिँदा युवककाे मृत्यु, राजमार्ग अवरुद्ध

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

 

कैलाली -कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिकाको चौमाला राजीपुरमा बिहीबार दिउँसो बसले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका–४ का २८ वर्षीय ललित रावतको मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेकाे ना ४ ख ३७२९ नम्बरको बसले सोही दिशामा गुडिरहेको म ८ प ३९८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रावतलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लागिएको थियो।

उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जानकारी दिएको छ। ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएकाे छ। मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गकाे लम्कीमा टायर बालेर राजमार्ग अबरुद्ध पारेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu