Connect with us
Kapilvast Forest

नेताहरु सत्ताको लडाइमा रहेको बेला विप्लवले जनस्वास्थ्य भवन निर्माण गर्दै

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-कोभिड १९ का कारण अक्रान्त बनेको समयमा नेपालका राजनीति दलका नेताहरू पद कुर्सीका लागि दोडिरहेका छन ।नागरिकहरु अस्पतालमा बेड र अक्सिजन नपाएर आकालमा ज्यान गुमाइरहेका छन ।

नेताहरू अफ्नो पद र पैसाको लागि होमिएको बेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द “विप्लव” आफ्नो गाउँमा जन स्वास्थ्य सेवा केन्द्र भवन निर्माणमा सक्रिय हुनु भएको छ । पाट्री प्रतिबन्ध फुकुवा भएपछि पछिल्लो समय विप्लव सामाजिक कार्यमा सक्रीय देखिएका छन ।
विप्लवले कपिलवस्तुको शिवगढिमा जन स्वास्थ्य सेवा केन्द्र भवन निर्माणमा अहोरात्र खाटिनु भएको छ । लाज नभएका नेताहरुले अहिले आफ्नो जनताको दुखको बेला साथ हुनुपर्नेमा कुर्सीको लागि दोडिएको विप्लवले आरोप लगाउनु भयो ।

कोभिड १९ का कारण बिरामीहरुलाई अस्पतालको बेड र अक्सिजन नपाउंदा समस्या परेकोले जन स्वास्थ्य सेवा केन्द्रको भवन आज शिलान्यास गरिएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द “विपलव” ले बताउनु भयो ।

केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यस क्षेत्रमा अस्पतालको लागि पहल नगर्दा आफैं सक्रिय भइ २५ शैय्याको स्वास्थ्य भवन निर्माण सुरु गरेको जानकारी दिनु भयो ।

स्थानीय नागरिकहरुमा स्वास्थ्य सेवा प्रवाह गर्नेका लागि जन स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्र बहादुर चन्द विरजंगले बताउनु भयो । निर्माण कार्यमा यहाँ नागरिकहरुको प्रत्यक्ष सहयोग रहने विरजंगले बताउनु भयो ।

शिवराज नगरपालिकासग पटक पटक स्वास्थ्य सेवा केन्द्रको लागि माग गर्दा कुनै सुनुवाइ भएपछि गाउँका सबै भद्रभालादमीहरुको सल्लाह अनुसार भवन शिलान्यास गरिएको शिवराज नगरपालिका ९ का वडा अध्यक्ष चुर बहादुर खडकाले जानकारी दिनु भयो ।

कुल ६३ लाखको लागतमा २५ शैय्यको जन स्वास्थ्य सेवा केन्द्र भवन शिलान्यास भएको भवन निर्माण समितिका अध्यक्ष यादव चन्दले जानकारी दिनु भयो । करिब १ महिना भित्र निर्माण कार्य सकिने चन्दले बताउनु भयो ।

शिवगढी क्षेत्रमा जन स्वास्थ्य सेवा केन्द्र निर्माण हुनथालेपछी त्यस क्षेत्रका नागरिक खुसी भएका छन । शिवगढिमा ठुलो अस्पताल नहुदा त्यस क्षेत्रका नागरिक चन्द्रौटा, बुटवल भैरहवा जानू पर्ने बध्याता रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu