Connect with us
Kapilvast Forest

कारबाही गर्नु नै गल्ती थियो, सच्याउनु सकारात्मक :योगेश भट्टराई

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिनु सकारात्मक भएको बताएको छ । यद्यपि पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किन अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने बताएको छ ।

बिहीबार विहान बसेको अध्यक्ष ओली पक्षको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।

 

नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही फिर्ता लिनु सकारात्मक भएको बताउनुभयो । ‘कारबाही गर्नु नै गल्ती थियो, गल्ती सच्याउने काम भएको छ’ नेता भट्टराईले भन्नुभयो , ‘यसलाई सकारात्मक मान्नुपर्छ ।’

यद्यपि पार्टी एकता जोगाउन २०७५ जेठ २ मा फर्किनुपर्ने नेपाल समूहका नेताहरुको अडान छ । , ‘पार्टी अध्यक्षले पार्टीको एकता जोगाउन जेठ २ मा फर्किने र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन उदारता देखाउनुपर्छ उहाँले बताउनुभयो ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu