Connect with us
Kapilvast Forest

अन्नपूर्ण चिनी उद्योगले अझै चार करोड भुक्तानी नगरेको उखु किसानको गुनासो

२०७८, २ जेष्ठ आईतवारमा प्रकाशित

सर्लाही – धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले अझै पनि उखु किसानको पूरा रकम भुक्तानी नगरेको खुलासा भएको छ ।उद्योगले चालू आर्थिक वर्ष २२ करोड भन्दा बढी रकम तिरिसके पनि पूरा भुक्तानी पनाएको कृषकको गुनासो छ । सरकारले तोकेको उखुको मूल्यमा प्रतिक्विन्टल १ सय १ रुपैयाँ कम पाएको उनीहरूको भनाइ छ ।

यस अघि अन्नपूर्णले सहमति अनुसारको रकम नतिरेको भन्दै किसानहरूले ठगी आरोपमा उद्योगका सञ्चालक राकेश अग्रवालमाथि मुद्दा दायर गरेका थिए ।

मुद्दापछि जिल्ला प्रशाासन कार्यालय मार्फत ५ सय ७५ किसान र जिल्ला प्रहरी मार्फत ४ सय ४१ जना गरी कुल १ हजार ५९ किसानले भुक्तानी दिलाइदिन उजुरी दिएका थिए । जस अनुसार किसानहरूको खातामा २२ करोड ३३ लाख ४ हजार ६६ रुपैयाँ भुक्तानी भएको छ ।

गतवर्ष सरकारले उखुको प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ उद्योगले र ६५ रुपैयाँ भ्याट छुटबापतको रकम गरेर ५ सय ३६ रुपैयाँ मूल्य तोकेको थियो । तर, अन्नपूर्णले उद्योगबाट किसानलाई ४ सय ३५ रुपैयाँ मात्र उपलब्ध गराएको छ ।

किसानहरूले भने सरकारले तोकेको रकममा पनि मिल मालिकले प्रतिक्विन्टल ३६ रुपैयाँ कम दिएको गुनासो गरे । किसानहरूले भ्याट छुट बापतको रकम प्रतिक्विन्टल ६५ रुपैयाँ पनि पाउन सकेको छैन । यसरी किसानले प्रतिक्विन्टल १ सय १ रुपैयाँ कम पाएका हुन् ।

यता उद्योग प्रशासनले भने सरकारले तोकेको मूल्य भन्दा प्रतिक्विन्टल ३६ रुपैयाँ कम दिने किसानहरूसँग सहमति भएको दावी गरेको छ । सहमति अनुसार नै चलान पूर्जीमा ४ सय ३५ रुपैयाँ उल्लेख भएको उद्योगको भनाइ छ ।

किसान समेत रहएका यस क्षेत्रका प्रदेश सभा सदस्य तथा कृषि तथा भुमि व्यवस्थापन समिति सभापती बिरेन्द्र सिङका अनुसार अन्नपूर्ण चिनी उद्योग र सरकारको तर्फबाट गरी झण्डै चार करोड रुपैयाँ अझै बाँकी रहेको दावी गरे ।

उद्योगपति अग्रवालले विभिन्न जालझेल गरेर प्रतिक्विण्टल ३६ रुपैयाँ किसानलाई कम भुक्तानी गरेको बताउनुभयो । किसानले अझै पनि किसानको झण्डै चार करोड रुपैयाँ भुक्तानी पाउनु पर्नेछ ।

यसमा किसानलाई प्रतिक्विण्टल ३६ रुपैयाँ कम गरेर दिइएको छ, त्यो पनि चार वर्षदेखि किसानसँग खरिद गरेको उखुको भुक्तानी अन्नपूर्णले समयमा नदिँदा यस क्षेत्रका किसान मारमा छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu