Connect with us
Kapilvast Forest

गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

२०७८, २७ जेष्ठ बिहीबारमा प्रकाशित

 

 

काठमाडौं-गायक दीप श्रेष्ठ १६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएको केही दिनपछि शरीरमा अक्सिजनमा मात्र कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो
अस्पतालमा दुई साता आईसीयूमा अक्सिजनको सहायतामा बसेका श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि मंगलबार मात्रै उहाँलाई आइसीयूबाट क्याबिनमा सारिएको थियो ।

 

‘द भ्वाइस अफ नेपाल’ निर्देशक लक्ष्मण पौडेलले स्वास्थ्य अवस्था सामान्य भएसँगै श्रेष्ठलाई अस्पतालले आज दिउँसो डिस्चार्ज गरेको जानकारी दिनुभयो ।

‘उहाँ स्वस्थ हुनुभएको छ । अब घरमै बस्न मिल्ने भएपछि अस्पतालले दिउँसो डिस्चार्ज गरेको हो । अब केही दिन घरमै आईसोलेसनमा बस्नुहुनेछ’ – निर्देशक पौडेलले भन्नुभयो ।

डिस्चार्ज हुनुअघि उहाँको पुनः कोरोना परीक्षण गरिएको छ । त्यसको रिपोर्ट भने आइसकेको छैन् । गायक दीप ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै निर्णायकको रूपमा रहँदै आउनुभएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu