Connect with us
Kapilvast Forest

प्रदेश सभा सञ्चालन गर्न लुम्बिनीमा सत्ता पक्ष र विपक्षीबीच छलफल हुँदै

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

बुटवल – प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा बैठक सुरु गर्ने विषयमा छलफल गर्न सत्ता पक्ष र विपक्षी दलबीच छलफल हुँदैछ ।मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ११ बजे विपक्षीसँग छलफलका लागि बैठक बोलाएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।

प्रमुख सचेतक ढकालले सांसद अजय शाही र विमला खत्रीलाई सभामुखले पदमुक्त नगरेसम्म सहमति नहुने बताउनुभयो । ‘मुख्यमन्त्रीले बोलाउनुभएको छ, बैठकमा जान्छौं,’ ढकालले भन्नुभयो , ‘तर हाम्रो दलका दुईजना माननीयलाई कारबाही नगर्दासम्म सदन चल्न दिन्नौं, हाम्रो बटमलइन यही हो ।’

यसअघि हिजो प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठक विपक्षी एमालेको अवरोधका कारण शुुरु भएको ६ मिनेटमै स्थगित भएको थियो । आज दिउँसो १ बजे बैठक बस्ने कार्यसूची छ ।प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले दुई सांसदलाई कारबाही गर्न एमालेले बुझाएको पत्रबारे अध्ययन र कानुनी परामर्श भइरहेको बताउनुभयो ।

नेकपा विभाजनपछि गत वैशाख १९ गते माओवादी केन्द्र रोजेकी विमला एमाले दाङ क्षेत्र नं। ३ (ख)बाट निर्वाचित एमाले नेता उत्तर कुमार वलीको निधनपछि सोही ठाउँबाट निर्वाचित हुनुभएको थियो ।

विमलालाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोपसमेत लागेको थियो ।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको हृवीप नलाग्ने दाबी गर्दै आउनुभएको छ ।नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले सत्ताबाट विपक्षमा जाने वित्तिकै एमालेले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu