Connect with us
Kapilvast Forest

मेलम्चीको केउरानीका ३४ घर पहिरोको जोखिममा

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

सिन्धुपाल्चोक – लगातारको वर्षाले मेलम्ची नगरपालिका(८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् ।

स्थानीयवासी कान्छामान दोङका अनुसार गत सालदेखि नै पहिरो जान थालेका ठाउँमा यसपालि पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उहााले बताउनुभयो ।

पटक–पटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उहाँले गुनासो गर्नु भयो । वडा नम्बर ८ का वडाध्यक्ष ठकराज गिरीले उहाँहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताउनुभयो । यसअघि जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उहाँको भनाइ छ ।

वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराई प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भूगर्भविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu