Connect with us
Kapilvast Forest

अष्टलक्ष्मीलाई ओलीको प्रश्न: फेरि पार्टी फुटाउन माधव नेपाल चाहियो

२०७८, ३१ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताउनु भएको छ । उहाँले पार्टीमा गुटबन्दीमात्र गरेको उहाँले बताउनु भयो ।काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेकै फर्किन आग्रह गरेकी र्नु भएको थियो ।

 

नेता नेपाल आफूहरुको नेता भएको, एमाले बनाउन जीवन दिएको भन्दै उहाँले भन्नु भएको थियाृे , ‘एक पटक मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । सुदृढ एमाले बनाउनका लागि तपाईको भूमिका आवश्यक छ ।’

शाक्यभन्दा पछाडि सम्बोधन गरेका अध्यक्ष ओलीले माधव नेपालको पार्टीमा काम नभएको बताउनु भयो ।उहाँले भन्नु भयो , ‘हुन त केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ फेरि फुटाउने के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ ।’

माधव नेपालले पार्टीमा गुटबन्दी मात्र गरेको र साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द नबोलेको उहाँले बताउनु भयो ।प्रतिक्रियावादीभन्दा चर्को बोलेको भन्दे ओलीले अघि भन्नु भयो , ‘जहिले पनि रोष्टममा उभिएपछि गीत गाउने ‘डुंगा डुब्न लाग्यो, लौन कोही बचाइ देऊ ।’ कम्युनिस्टको दुई तिहाईको सरकार छ, सातमध्ये ६ वटा प्रदेशमा सरकार छ । अनि डुंगा चाहिँ डुब्न लाग्यो र, कसको डुंगा डुब्न लाग्यो रु’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu