Connect with us
Kapilvast Forest

शिवराजमा आज काग्रेस वडा सभापतिको अधिवेशन तयारी पुरा

२०७८, ७ आश्विन बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुमा नेपाली काग्रेसको असोज ७ गते वडा अधिवेशनको तयारी पुरा भएको छ । शिवराज नगरपालिका भित्रका ११ वडामा सर्वसम्मती बनाउन नेताहरु लागि परेका छन् । शिवराज नगरपालिका वडा १ मा थानेश्वर न्यौपाने र कपिलदेव गैरेको चर्चा रहेको छ । यद्धपि छलफल भइरहेकोले सकेसम्म सर्वसम्मतीको चयन हुने काग्रेसका एक नेताले बताउनु भयो ।

वडा न २ मा निर्विरोध रुपमा प्रकाश न्यौपाने हुन सक्ने सम्भावना बलियो छ । वडा न ३ मा पनि अहिले सम्म गंगाधर भट्टराईलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको छ । वडा न ४ मा भने आकांक्षि संजिव यादव र सुर्जु चर्चा रहेको छ ।

वडा न ५ मा रामकृष्ण शर्मालाई वडा सभापति बनाउन काग्रेसका नेताहरु लागि परेका छन यस वडामा अन्य थप तिन जना आंकाक्षी रहनु भएको छ । वडा न ६ मा राम मिलन चौधरी,वडा न ७ मा गैरी रैदासको सम्भावना बलियो छ ।

वडा न ८ मा भने भुजन यादव र उमेस पासीको आकाक्षी रहनु भएको छ । वडा न ९ मा हरि क्षेष्ठको नाम चर्चामा छ भने वडा न १० मा राम सेवक कुर्मीलाई सर्वसम्मत समिति बनाउन नेताहरु प्रयास गरिरहेका छन् । वडा न ११ को सभापतिमा राज कुमार चौधरीको सम्भावना बलियो छ ।शिवराजको वडा २,३,५,६,७,९ र ११ वडामा सर्वसम्मत हुने सम्भावना रहेको छ । अन्य वडामा समेत सर्वसम्मत बनाउन छलफल भइरहेका छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu