Connect with us
Kapilvast Forest

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

file photo

बर्दिया-बर्दिया बर्दियामा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ।बाघको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका(४ राजीपुरका ६२ वर्षिय कालुराम थारुको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

आइतबार अपरान्ह घरनजिकै भैंसी चराउन गएका बेला बाघले आक्रमण गर्दा उनको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द सन्जेलले बताउनु भयो ।अहिले निकुञ्जको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको उनले बताए। घटना भएको क्षेत्र निकुञ्ज अन्तर्गतको बफरजोनमा पर्छ।

यसअघि असोज २५ गते पनि बाघको आक्रमणबाट बर्दियाको गेरुवाकै एक पुरुषको ज्यान गएको थियो।आव ०७७/७८ मा १२ जना र यस आवमा ३ जना गरी १६ महिनामा १५ जनाले बाघको आक्रमणबाट ज्यान गुमाउनु भएको छ । ​यस्तै‚ आव ०७६/७७ मा ६ जनाको बाघको आक्रमणबाट मृत्यु भएको थियो।

यो तथ्यांकले बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या दोब्बर बढेको देखिएको छ।यी घटनामध्ये निकुञ्ज क्षेत्रभित्र ४ र बाँकी सामुदायिक वनभित्र भएको पाइएको छ।

निकुञ्ज, डिभिजन वन तथा जिल्ला प्रशासन कार्यालयले स्थानीयलाई जंगलमा नजान तथा सामुदायिक वन छेउछाउका स्थानीयलाई सतर्कता अपनाउन पटकपटक आग्रह गर्दै आएका छन्।

कतिपय अवस्थामा बाघले निकुञ्ज छेउछाउका गाउँमै पनि स्थानीयको आक्रमण गर्ने गरेको छ।मानव र वन्यजन्तुबीच द्वन्द्व कम गर्न निकुञ्जले घटना भइरहेको क्षेत्रमा अनुगमन गरेर आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइरहेको छ।पछिल्ला २ वर्षमा ६ वटा बाघ नियन्त्रणमा लिइएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu