Connect with us
Kapilvast Forest

नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा पुन: पाण्डे विजयी

२०७८, २० मंसिर सोमबारमा प्रकाशित

 

एजेन्सी -नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा संस्थापन पक्षका बालकृष्ण पाण्डे विजयी हुनु भएको छ ।आइतबार पन्जाबको राजधानी चण्डीगढमा भएको नवौं अधिवेशनबाट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।

पाण्डे ७० मत अन्तरले अध्यक्षमा विजयी हुनु भएको हो । पाण्डेले ११६ र अर्का प्रत्यासी धर्मागत काफ्लेले ४६ मत पाउनु भयो । निर्वाचनमा कूल १६२ मत खसेको जनसम्पर्क समिति भारतका केन्द्रीय सदस्य अर्जुन धरेलले जानकारी दिनु भयो ।

धरेलका अनुसार अहिले अध्यक्षको लागि मात्रै चुनाव भएको हो । बाँकी पद र केन्द्रमा पठाउने प्रतिनिधि सहमतिका आधारमा टुंग्याउने निर्णय भएको उहाँले जानकारी दिनु भयो ।

अधिवेशनको लागि पार्टी केद्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति साइप्रसकी सभापति एवं महासमिति सदस्य सीता अर्याललाई खटाएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu