Connect with us
Kapilvast Forest

कांग्रेसको प्रदेश-२ समितिमा पाँच जना सदस्य निर्विरोध निर्वाचित

२०७८, ७ पुष बुधबारमा प्रकाशित

जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश-२ समितिको जारी अधिवेशनमा पाँच जना सदस्य निर्विरोध निर्वाचित हुनु भएको छ ।निर्वाचन समितिका अनुसार खुल्लातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमला देवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित हुनु भएको छ ।

 

यस्तै, मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङनी निर्विरोध निर्वाचित हुनु भएको छ ।

प्रदेशको नयाँ नेतृत्वका लागि हालसम्म निर्वाचन शुरु हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट कृष्ण यादव र विमलेन्द्र निधि तथा शेखर कोइरालाको संयुक्त टिमबाट रामसरोज यादवले सभापतिमा उम्मेदवारी दिनु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu