Connect with us
Kapilvast Forest

बाणगंगामा काठ तस्करलाई नियन्त्रणमा लिन खोज्दाँ २ राउण्ड गोली प्रहार

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

goli

 

कपिलवस्तु -कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रबाट काठ बोक्दै गरेको ६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । मायादेवी साझेदारी वनको कोठी खोला नजिक ४ थान सालका गोलियासहित ६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको सव डिभिजन वन कार्यालय पिपराका सहायक वन अधिकृत शिव खत्रीले बताउनु भयो ।

रातको २ बजे गस्ती टोलीले काठ लोड गरी लैजान लागेको अवस्थामा फेला पारेको थियो । गस्ती टोलीले पक्राउ गर्न खोज्दा काठ तस्करहरुले गस्ती टोलीमाथि आक्रमण गर्न लागेको बताइएको छ ।

आक्रमणको प्रयास भएपछि सशस्त्र वन रक्षकले २ राउण्ड हवाई फायर गरेका थिए । हवाई फायर भएपछि काठ तस्कर भागेका थिए । वन कार्यालयले घटना स्थलदेखी ४२.०३ घन फिट गोलिया र तस्करीमा प्रयोग भएका लु २१ प ३०९९, लु ३७ प ५६८७, लु २९ प ४३६९, लु ४३ प ४७८५, लु ३६ प ७८७९ र लु ३० प ३६२५ नम्बरको मोटरसाइकल बरामद गरेको छ । पिपरा देखि सालझण्डी बिचको वन क्षेत्रबाट तस्करी गरेको काठ भित्री मार्ग हुँदै रुपन्देहीसम्म पुग्ने गरेका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu