Connect with us
Kapilvast Forest

पालिकाद्धारा वन क्षेत्र अतिक्रमणमा अग्रसरता, वन कर्मचारी माथि दुरव्यहार

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल- कपिलवस्तुको बन कर्मचारीलाई स्थानियले दुरव्यहार गरेका छन् । विजयनगर गाँउपालिका वडा नं १ बनखेतका स्थानियहरुले वन कर्मचारीहरुलाई दुरव्यहार गरेको सब डिभिजन बन कार्यालय गुगौलीका प्रमुख गणेश बहादुर ऐरीले जानकारी दिनुभयो ।

विजयनगर गाँउपालिकाले बन क्षेत्रमा खेल मैदान र स्वास्थ्य चौकी निर्माणको लागि बजेट विनियोजीत गरी बन नै अतिक्रमण गर्ने अग्रसरता देखाएको छ । खेल मैदानले ३ कठा र स्वास्थ्य चौकीले ५ कठा बन क्षेत्र अतिक्रमण गरेको बन कार्यालयको प्रमुख गणेश बहादुर ऐरीले बताउनु भयो ।

विजयनगर गाँउपालिकाले वन क्षेत्रमा खेल मैदान निर्माण गर्न बजेट विनियोजीत गरेपछी स्थानियले काम गर्न खोज्दा विवाद भएको छ ।
वनखेतका गाँउलेहरुले वन अतिक्रमण गरी बन क्षेत्रमै जेसीवी प्रयोग गरेपछी वनका कर्मचारी उक्त अतिक्रमण रोक्न खोज्दा स्थानियले कर्मचारीहरुलाई दुरव्यहार गरेको कर्मचारीहरुले आरोप लगाएका छन् ।

स्थानियलेसशस्त्र वन रक्षक दुई जना र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका बन हेरालु दुई जनालाई दुरव्यहार बन कार्यालयको प्रमुख गणेश बहादुर ऐरीले बताउनु भयो ।

वनखेत गाँउको स्थानिय क्लबले वनक्षेत्र अतिक्रमण गरी खेल मैदान निर्माण गर्न जेसीवी प्रयोग गर्दा विवाद सिर्जना भएको थियो । बन अतिक्रमण गरी खेल मैदान र स्वास्थ्य चौकी निर्माण गर्न खोज्दा बनका कर्मचारी रोकेका थिए ।

यता विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले उक्त स्थानमा विवाद नभएको बताउनु भएको छ । स्वास्थ्य चौकी र खेल मैदान निर्माणको विषयमा केही विवाद भएपनि अहिले उक्त विवाद समाधान भएको अध्यक्ष थापाले बताउनु भयो । पालिकाले बन क्षेत्रमा अतिक्रमणको लागि अग्रसरता नदेखाएको थापाको भनाई रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu