Connect with us
Kapilvast Forest

आजको मौसम : पहाडी भेगमा वर्षाको सम्भावना

२०७८, ११ फाल्गुन बुधबारमा प्रकाशित

 

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीका कारण आज देशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बुधवार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिक बदली रही पहाडी भेगमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी भू-भागको मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu