Connect with us
Kapilvast Forest

एमाले सरकारको दोहोरो भूमिकाको विरोधमा छ: महासचिव पोखरेल

२०७८, ११ फाल्गुन बुधबारमा प्रकाशित

 

 

लुम्बिनी- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल असफल भएको बताउनु भएको छ । उहाँले चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु भएको समेत बताउनु भयो ।

एमाले केन्द्रीय कार्यक्रमअन्तर्गत आजदेखि बुटवलमा सुरु भएको दुईदिने प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले एमालेको जनलहर देखेर चुनावमा एक्लै जान डराएका चुनावबाट भाग्ने असफल भएको बताउनु भयो । उहाँले एमसिसी परियोजनाका बारेमा सरकारमा सहभागी दलहरूबीच नै दोहोरो भूमिका देखिएको भन्दै पाँचदलीय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको बताउनु भयो ।

 

उहाँले सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने जनाउँदै प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा हुन नहुने बताउनु भयो । उहाँले पाँच दलीय गठबन्धन बनाएर एमाले पार्टी नेतृत्व र पार्टीविरुद्ध आक्रमण र घेराबन्दी सामना गर्न एमालेसँग जनताको साथ रहेको बताउनु भयो ।

पोखरेलले चुनावी तयारीमा लाग्न सबै नेतालाई निर्देशनसमेत दिनु भयो । प्रशिक्षणमा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मालगायतको सहभागीता रहेको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu