Connect with us
Kapilvast Forest

तुलसीपुरमा किराना पसलमा आगलागी

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

दाङ-तुलसीपुर उपमहानगरपालिका–७ को पर्सेनीको एक पसलमा आगलागी हुँदा लाखौँ मूल्यका सामान जलेर नष्ट भएको छ ।

बिहान करिब साढे ३ बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी हुदाँ सामानहरु जलेको थियो ।

आगलागी लगत्तै सुरक्षकर्मी, स्थानीयवासी घटनास्थलमा पुगेपछि अन्य घरमा थप क्षति हुनबाट बचेको प्रहरीले जनाएको छ ।

उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको बताइएको छ ।

आगलानीबाट करिब १८ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको पीडितको भनाई छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu