Connect with us
Kapilvast Forest

युक्रेनमा रहेका नेपाली त्रसित, राजधानी किभ छाड्ने तयारीमा

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

 

एजेन्सी -बिहीबार विहानदेखि लगातार विष्फोटका आवाजहरु सुनेपछि युक्रेनको राजधानी किभमा रहेका नेपाली त्रसित बनेका छन् । रुसले युक्रेनमाथि हमला सुरु गरेपछि त्यहाँ रहेका नेपाली त्रसित बनेका हुन् ।

झन्डै ८ महिना पहिला अध्ययनका लागि युक्रेनको राजधानी किभ पुगेका रोज श्रेष्ठले भन्नु भयो , ‘हिजोसम्म समाचारहरु फेक न्यूज जस्तै लाग्थ्यो । तर अहिले त लगातार विष्फोटका आवाजहरु सुनिरहेका छौं । हामी अत्ताल्लिएका छौं ।’

 

आफूसँगै अपार्टमेन्टमा अन्य पाँच जना नेपाली पनि रहेको भन्दै श्रेष्ठले घरपरिवारले पनि चिन्ता ब्यक्त गरेको बताउनुभयो । ‘किभ छाडेर सबैजना बाहिर जादैछन् । हामीले के गर्ने कता जाने केही थाहा छैन । केही बुझेका पनि छैनौँ’ उहाँले भन्नु भयो ।

नेपालको दोलखा घर भएका निशान देवकोटाले आफूहरु राजधानीबाट सुरक्षित ठाउँमा जाने योजना बनाइरहेको बताउनु भयो ।, ‘हामी आठजनाको ग्रुप एउटै अपार्टमेन्टमा छौं । अत्यावश्यक खाना जोहो गर्नुपर्ने जरुरी छ’ ‘किनमेलका लागि सीमित पसलहरु मात्रै खुलेका छन् त्यहाँ पनि न पनि भिड छ उहाँले भन्नु भयो । खानाहरुको सर्टेज पनि देखिएको छ ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu