Connect with us
Kapilvast Forest

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ

२०७८, २१ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा शपथ ग्रहरण लिँदै छन् ।

गत माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन भएको थियो । जसमा नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का पाँचपाँच तथा नेकपा (एमाले), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक एक जना निर्वाचित भएका छन् ।

कांग्रेसबाट नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेत छन् । माओवादीबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, नरबहादुर विष्ट र जगतबहादुर कार्की छन् ।

यस्तै, एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाहले शपथ ग्रहण लिँदै छन् । जसपाबाट मोहम्मद खालिद, एमालेका सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले शपथ लिने कार्यक्रम छ ।

सरकारको सिफारिशमा एक जना सांसद राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ । मनोनित गर्न बाँकी छ ।

उनीहरुको कार्यकाल चार वर्षको हुनेछ । चार वर्षे कार्यकाल भएका २० सांसदको शुक्रबार पदावधि सकिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu