Connect with us
Kapilvast Forest

निर्वाचन आयोग प्रति आक्रोशित हुदै ओली

२०७८, ७ चैत्र सोमबारमा प्रकाशित

काठमाडाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।

आज साेमवारदेखि काठमाडाैमा सुरु भएको पार्टी पोलिटब्युराे बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगमा आफू नेतृत्वको सरकारले नियुक्त गरेका तीन जना आयुक्तलाई सर्वोच्च अदालतबाट बर्खास्त गरेर चुनाव सार्ने षड्यन्त्र गरिरहेको दाबी गर्नुभएको हो । तीन जना आयुक्तलाई बर्खास्त गरेपछि दुई जना आयुक्तले चुनाव गर्न नसक्ने बहानामा चुनाव पर धकेल्ने ओलीको दाबी छ । ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक अङ्गमा ५२ जनाको नियुक्ति भएको थियो । यससम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले पर्सि बुधवार सुनुवाइ गर्दैछ ।

अध्यक्ष ओलीले निर्वाचन आयोगले मतपत्रको रङ हरियो राखेकोप्रति असन्तुष्टि दोहोर्‍याउनुभएकाे छ । आयोग सत्ता गठबन्धनसँग मिलेर एमालेविरुद्धमा लागेको अध्यक्ष ओलीको आरोप छ । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले पनि दलहरूसँग परामर्श गर्नुपर्छ । अनि चुनाव चिह्नकाे रङ रङबारे पनि दलहरूको परामर्श लिनुपर्दैन, कस्तो स्वेच्छाचारिता हो यो ? गठबन्धनसँगको भित्री परामर्शबाट भएका निर्णयहरू हुन यी । अहिलेसम्म रङको कारणले चुनाव चिह्न चिनिएन भनेर कुनै दल वा मतदाताबाट आयो र ! हामीले रङको कारणले चिनेनौँ, रङको कारणले द्विविधा भयो भन्ने त आएन । त्यस कारण रङ बदलेर हरियो चाहिँ किन राख्नुपर्‍याे ? चिह्नमा हरियो रुखलाई किन राख्नुपर्‍याे ? सूर्य कसरी हरियो हुन्छ । कि त सिम्बोलिक ब्लाकेन ह्वाइटमा जानुपर्‍याे । कि जसको जुन चिह्न हाे, त्यहीअनुसार हामीलाई रातो सूर्य देऊ । यो सत्ता साँठगाँठ होइन भने के हो ?’

हिजो इलाममा पनि अध्यक्ष ओलीले रुखको रङ हरियो अनि सूर्यको रङ पनि हरियो कसरी हुन्छ भनेर प्रश्न गर्नुभएको थियो ।

अध्यक्ष ओलीले दलहरूसँग परामर्श नगरि चुनावसम्बन्धी कुनै पनि गतिविधि अघि नबढाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो । उहाँले आउँदाे चुनावमा एकल बहुमत ल्याएर तीन वटै तहको सरकार पार्टीले चलाउनुपर्ने भन्दै त्यहीअनुसारको तयारी गर्न पनि सिँगो पार्टी पङ्क्तिलाई आह्वान गर्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu