Connect with us
Kapilvast Forest

वैशाख ९ मा चुनावी घोषणा पत्र सार्वजनिक गर्दै एमाले

२०७८, ७ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं, चैत ७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सोमबारको पोलिट्ब्यूरो बैठक स्थानीय तहको निर्वाचन केन्द्रीत छलफल गरेकाे छ । फागुन ९ र १० गते बस्न लागेको एमाले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नुपर्ने एजेण्डा अनुमोदनका लागि बसेको आजको बैठकले केन्द्रीय कमिटीमा घोषणापत्र जारी गर्ने र सोही दिन नै सात सय ५३ पालिकामा सो उपलब्ध गराउने निर्णय गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

‘केन्द्रीय कमिटीमा भूगोलका पार्टी अध्यक्षले लिखितरुपमा रिपोर्ट पेश गर्नुहुनेछ, आयोग, केन्द्रीय निकाय र विभागको कामको रिपोर्ट महासचिवले प्रस्तुत गर्नुहुन्छ । पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।’, उहाँले भन्नुभयो । बैठकबाट ११ वटा एजेण्डा पास गरिएको छ ।

बैठकले निर्वाचनमा उम्मेदवारको ६ मापदण्ड पनि तय गरेको छ । ‘स्थानीयतहको उम्मेदवारको सिफारिस गर्दा वडा अध्यक्ष वा सदस्यको सिफारिस वडा कमिटीले र निर्णय पालिका कमिटीले गर्नेछ । गाउँपालिका वा नगरपालिका उम्मेदवारको सिफारिस जिल्ला कमिटीले गर्ने र यसको आधारमा प्रदेश कमिटीले निर्णय गर्नेछ । नगरपालिकाको हकमा पनि प्रदेश कमिटीले निर्णय गर्ने उहाँले बताउनुभयो । महानगरपालिकाको मेयर, उपमेयरको सिफारिस प्रदेश कमिटीले गर्ने र यसको निर्णय भने केन्द्रीय कमिटीले गर्नेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu