Connect with us
Kapilvast Forest

आजबाट बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान

२०७९, ९ असार बिहीबारमा प्रकाशित

काठमाडौ- सरकारले आजबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्रा डा. संगीता मिश्राले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । मिश्राका अनुसार, प्रदेश एकमा झापा, इलाम, सुनसरी, मोरङ गरी चार, मधेस प्रदेशमा सप्तरी, सिराह, धनुषा, महोत्तरी, पर्सा गरी पाँच जिल्ला रहेका छन् ।

त्यसैगरी, बाग्मती प्रदेशमा मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलान्चोक, ललितपुर गरी सात जिल्ला रहेका छन् । गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्व गरी दुई जिल्ला रहेका छन् । लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया गरी पाँच जिल्ला रहेका छन् । कर्णली प्रदेशका सुर्खेत रहेका छन् र सुदूरपश्चिम प्रदेशमा कैलाली, कन्चनपुर र डडेल्धुरा गरी तीन जिल्ला रहेका छन् ।

सोही समूहलाई पहिलो मात्रा लगाएको २१ दिनपछि साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने मिश्राले बताउनुभयो । सरकारले बाँकी रहेका ५० वटा जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रोको खोप अभियान सञ्चालन गर्न जनाएको छ ।

बालबालिकालाई खोप लगाउन सरकारले विद्यालयमा, नजिकको वास्थ्य संस्थालाई खोप केन्द्र तोकेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu