Connect with us
Kapilvast Forest

पटक पटक सर्दै आएकाे माओवादी केन्द्रीय समिति बैठक बस्दै

२०७९, १९ असार आईतवारमा प्रकाशित

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

महाधिवेशनपछि पटक-पटक सर्दै आएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।

गत १९ पुसमा सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

आज केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो, स्थायी समितिको चयन र कार्यविभाजन गर्ने बैठकको कार्यसूचीमा उल्लेख छ ।

गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

त्यस्तै, केन्द्रीय सदस्यको सङ्ख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ । साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ ।

मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गर्न बाँकी छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu