Connect with us
Kapilvast Forest

विचार मिल्नेसँग तालमेल गर्न एमाले तयार: नेम्बाङ

२०७९, २५ श्रावण बुधबारमा प्रकाशित

ताप्लेजुङ- नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले विचार मिल्नेहरुबीच आगामी निर्वाचनमा तालमेल गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । राजनीतिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै विचार मिल्ने दलसँग चुनावी तालमेल (गठबन्धन) गर्न एमाले तयार रहेको उपाध्यक्ष नेम्बाङले जानकारी दिनुभएको थियो ।

बुधबार बिहान ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पत्रकारहरुसँग भेटघाट गर्दै नेता नेम्बाङले मिश्रित निर्वाचन प्रणालीमा कुनै एक दलले मात्र बहुमत ल्याउनसक्ने निश्चित नहुने हुँदा चुनावी तालमेल गर्नु अनौठो नभएको बताए । उहाँले हालको सत्ता गठबन्धनजस्तो नभई राजनीतिक विचार मिल्ने दलसँग मात्र एमालेले चुनावी तालमेल गर्नसक्ने जानकारी दिनुभयो ।

उहाँले अहिलको सत्ता गठबन्धन विभिन्न विचार भएको दलहरुबीचको गठबन्धन भएकाले त्यसलाई ‘दूषित गठबन्धन’ को संज्ञा दिनुभयो । दूषित गठबन्धन भएकै कारण सत्ता गठबन्धनबीच नै संसदमा कुनै बेला सत्ता पक्ष र प्रतिपक्षको भूमिका देखिने गरेको उहाँको भन्नु भयो ।

त्यस किसिमको अवस्थाबारे सचेत रहँदै पार्टीको नीति र योजनाअनुरुप आगामी सङ्घ र प्रदेशको निर्वाचनमा विचार मिल्ने दलहरुबीच एमालेले गठबन्धन गर्न चाहिरहेको उहाँले जनाए ।

तत्कालीन संविधान सभाका अध्यक्षसमेत रहनुभएका एमाले उपाध्यक्ष नेम्बाङले आगामी निर्वाचनमा एमाले पहिलो दल हुनेगरी निर्वाचित लक्षित योजनामा जुटिसकेको बताउनुभयो ।आफूसहित पार्टीका शीर्ष नेताहरु निर्वाचन लक्षित कार्यक्रममा जुटेको बताउँदै उहाँले देशभर जित्ने पात्रलाई सङ्घ र प्रदेशको निर्वाचनमा उम्मेदवार बनाउने पार्टीको तयारी रहेको जानकारी दिए ।

एमाले जिल्ला कमिटीको आयोजनामा बुधबार फुङ्लिङमा हुने जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा उपाध्यक्ष नेम्बाङ, सचिव योगेशकुमार भट्टराई सहितका नेताहरु ताप्लेजुङ आउनुभएको थियो ।

प्रशिक्षणमा अगुवा कार्यकर्ता, स्थानीय तहमा निर्वाचित प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षलगायत सहभागी हुने एमाले ताप्लेजुङका उपसचिव मणिशङ्कर पोमूले बताएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu