Connect with us
Kapilvast Forest

एसिया कप क्रिकेट: श्रीलङ्काले पाकिस्तानलाई हरायाे

२०७९, २५ भाद्र शनिबारमा प्रकाशित

काठमाडाै – एसिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले पाकिस्तानलाई हराएको छ । दुबई अन्तर्राष्ट्रिय मैदानमा गए राति भएको ‘सुपर फोर’ को अन्तिम खेलमा श्रीलङ्काले पाकिस्तानले पाँच विकेटले हराएको हो ।

पाकिस्तानले दिएको एक सय २२ रनको सामान्य लक्ष्य श्रीलङ्काले पाँच विकेट गुमाएर १८ बलअघि नै भेटायो । उसका लागि पथुम निशंकाले नटआउट ५५, भानुका राजापाक्षेले २४ र दसुन सनाकाले २१ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद होसनैन र हरिस राैफले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले बाबर आजमको ३० र मोहम्म्मद नवाजको २६ रन मद्दतमा एक सय २१ रन बनाएको थियो । बलिङतर्फ श्रीलङ्काका विनिन्दु दी सिल्भाले तीन विकेट लिए । दुवै टोली फाइलनमा पुगिसकेका छन् । फाइनल खेल भोलि आइतवार हुने छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu