Connect with us
Kapilvast Forest

क्रिकेटर कुशल मल्ल बुटवल उपमहानगरद्वारा सम्मानित

२०७९, ६ चैत्र सोमबारमा प्रकाशित

बुटवल- नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ । उपमहानगरपालिकाले सोमबार एक समारोहका बीच मल्ललाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

मल्ल बुटवलका बासिन्दा भएको र खेलमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा बुटवलको पहिचान बढाउन योगदान गरेकाले सम्मान गरिरएको नगरप्रमुख खेलराज पाण्डेयले जनाए ।

क्रिकेटसँगै फुटबल र अन्य खेलमा बुटवलका खेलाडीले राष्ट्रियस्तरमै समेत पहिचान बनाएको भन्दै नगर प्रमुख पाण्डेयले खेलकुद क्षेत्रको विकासको लागि चालु आर्थिक वर्षको बजेटमा तीन करोडभन्दा बढी बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu