Connect with us
Kapilvast Forest

सर्लाहीको बागमतीमा १८ करोडको लगानिमा आर्यघाट बन्ने

२०७९, २५ चैत्र शनिबारमा प्रकाशित

सर्लाही- सर्लाहीको बागमतीमा १८ करोडको लागतमा व्यवस्थित आर्यघाट निर्माण गर्न सुरु गरिएको छ । अन्तिम संस्कार गर्ने ठाउँ राम्रो नभएको र जथाभाबी अन्तिम संस्कार गर्दा खोला फोहोर हुने भएपछि बागमती नगरपालिकाले सुविधा सम्पन्न आर्यघाट बनाउन लागेको हो ।

आर्यघाट निर्माणका लागि पृथ्वी इन्जिनियर्स एण्ड विल्डर्स प्रालि बत्तिसपुतली काठमाडौँले भ्याटसहित १८ करोड १४ लाख २९ हजार ५८ रुपियाँ ४१ पैसामा ठेक्का सकार गरेको बागमती नगरपालिका कार्यालयले जनाएको छ ।

नगरपालिकाले आफ्नो आन्तरिक स्रोत तथा सङ्घ र प्रदेश सरकारबाट पनि सहयोग लिएर आर्यघाट निर्माण गर्न लागेको बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिनुभयो । छिमेकी पालिका हरिवन नगरपालिकाले समेत आर्यघाट निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उपप्रमुख मोक्तानले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu