Connect with us
Kapilvast Forest

चेन्नाईकाे लगातार दोस्रो जित, मुम्बई पराजित

२०७९, २६ चैत्र आईतवारमा प्रकाशित

एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्ससँग मुम्बई इन्डियन्स पराजित भएको छ ।

चेन्नाईले भने लगातार दोस्रो जित निकालेको छ । चेन्नाईले शनिबार भएको खेलमा मुम्बईलाई सात विकेटले हराएको हो ।

वान्खडे रंगशालामा भएको खेलमा घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

चेन्नाईको जितमा अजिन्क्या रहानेले २७ बलमा सात चौका र तीन छक्कासहित ६१ रन बनाए । रितुराज गाइकवाडले ४०, सिवम दुबेले २८ र अम्बती रायडुले २० रन बनाए ।

मुम्बईका कुमार कार्तिकेय, पीयूष चावला र जासन बेह्रेन्डोफले एक÷एक विकेट लिए ।

त्यसअघि मुम्बईका इसान किसनले ३२, टिम डेविडले ३१, तिलक वर्माले २२ कप्तान रोहित शर्माले २१, रितिक सोकिनले १८ र क्यामरुन ग्रीनले १२ रन बनाएका थिए ।

चेन्नाईका रविन्द्र जडेजाले तीन, मिचेल स्यान्टनर र तुसार देशपान्डेले दुई, दुई र सिसान्डा मगलाले एक विकेट लिए ।

जितसंगै तीन खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ । दुई खेल खेल्दा पनि अंकविहीन मुम्बई तालिकाको आठौँ स्थानमा छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu