Connect with us
Kapilvast Forest

आईपीएल क्रिकेट : राजस्थानले गुजरातलाई हरायो

२०८०, ४ बैशाख सोमबारमा प्रकाशित

एजेन्सी -इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराउँदै राजस्थान रोयल्स विजयी भएको छ ।

गएराति अहमदावादमा भएको खेलमा राजस्थान ३ विकेटले विजयी भएको हो ।

गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेटको गुमाएर जित लिकालेको हो ।

राजस्थानका लागि कप्तान सञ्जु सामसन ६० रन बनाए भने हिटमायरले ५६ रन बनाए । यस्तै, देवदत्त पडिकलले २६, ध्रुव जुरेले १८ रन बनाए।

गुजरातका लागि मोहम्मद सामीले ३ विकेट लिए भने राशिद खानले २ तथा हार्दिक पान्डे र नुर अहमदले १ – १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

जितसँगै राजस्थान ८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ । गुजरात भने ६ अङ्कका साथ तेस्रो स्थानमा छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu