Connect with us
Kapilvast Forest

कपिलवस्तुमा भारतीय नोटसहित दुई जना पक्राउ

२०८०, ७ जेष्ठ आईतवारमा प्रकाशित

नारद कोहार-

कपिलवस्तु प्रहरीले करिब पाँच लाख भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ । ट्याक्टरसँग ठोक्किएर मोटरसाइलमा भाग्न खोजेका कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका ९ का ३५ वर्षीय मनोज कुमार गुप्ता र पछाडी सवार कृष्णनगर नगरपालिका ३ का ४४ वर्षीय सोम नाथ चौहान रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताउनुभयो । उनीहरुलाई वडा प्रहरी कार्यालय तौलिहवाको टोलीले नियन्त्रणमा लिएको हो ।

तौलिहवाको बहादुरगञ्ज जाने चोकमा बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको लु ७६ प ८५७ नं को मोटरसाइल र विपरित दिशातर्फ जाँदै गरेको लु २ त ५१२१ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएको थियो ।

यस्तै, बहादुरगञ्ज चोकस्थित एक बिर्यानी पसलमा खाएर मोटरसाइलमा सवार भएपछि कसैले पछ्याएको लागेपछि दुबै जना आत्तिएका थिए । मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।

दुबैले शंकास्पद गतिविधी देखाएपछी तत्कालै खान तलासी र चेकजाच गर्नेक्रममा मोटरसाइकलको लेगगार्डमा पहेलो प्लाष्टिकभित्र भारतीय रुपियाँ बरामद भएको प्रहरी उपरिक्षक बस्नेतले बताउनुभयो । भारतिय रुपियाँ ५०० दरको १० गड्डी (९९९ थान ) नोट फेला परेको थियो । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको उक्त मोटरसाइकल तथा ट्याकटर चालक प्रहरी नियन्त्रणमा छन् ।

बरामद भएको भारतीय नोटसहित दुबै जनालई राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइने तयारी भएको प्रहरी उपरिक्षक बस्नेतको भनाइ छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu