Connect with us
Kapilvast Forest

नेपालले अमेरिकालाई ६ विकेटले हरायो

२०८०, ५ असार मंगलवारमा प्रकाशित

काठमाडौँ — भीम सार्कीको अर्धशत बनाएसंगै नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ ।

नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । २ सय ८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै अमेरिकालाई हराएको हाे ।

नेपालका लागि भीम सार्कीले अविजित रहँदै ११४ बलमा सर्वाधिक ७७ रन बनाए । भीमले ७ चौका र १ छक्का प्रहार गरेकाे थिए ।

यस्तै दीपेन्द्रसिंह ऐरीले पनि अविजित रहँदै ३९ रन बनाए ।
कुशल भुर्तेलले ३९ रन बनाए ।

यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu