Connect with us
Kapilvast Forest

वन संरक्षण गरी बिरुवा उत्पादनमा जोड दिन्छौ : अध्यक्ष पोखरेल

२०८०, २६ असार मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल- कपिलवस्तुको शिवराज साझेदारी बन व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पोखरेलले वन क्षेत्रलाई संरक्षण गरी विरुवा उत्पादनमा जोड दिने बताउनु भएको छ ।

वन अनुगमनका लागि आएका पत्रकारहरुसंग कुराकानी गर्दै वन क्षेत्र नियन्त्रण, अतिक्रमण हटाउन कार्य गरी बनलाई हराभरा बनाउने बताउनुभयो । कपिलवस्तुले आर्थिक वर्ष ०७९।८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको अध्यक्ष पोखरेलको भनाई रहेको छ ।

नया विरुवा नागरिकहरूलाई वितरण गर्ने उद्देश्यले उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको शिवराज साझेदारी बन व्यवस्थापन समिति अध्यक्ष हरि पोख्रेलले बताउनुभयो ।

साझेदारीले प्रत्येक वर्ष बिरुवा उत्पादन गरि वृक्षारोपणको लागि सबै नागरिकहरूलाई निशुल्क वितरण गर्ने गरेको पोख्रेलले बताउनुभयो । मङ्गलवार साझेदारी बनका विभिन्न क्षेत्रहरूको अनुगमन गर्दै अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने पोख्रेलले बताउनुभयो ।

साझेदारीले उत्पादन गरेका बिरुवा मध्ये टिक १ लाख २ हजार,सिमल ६ हजार, खयर ६ हजार ५सय मसला १५ हजार ७ सय बिरुवा रहेको सहायक बन अधिकृत प्रेम शङ्कर गुप्ताले बताउनुभयो ।

साझेदारी बनको क्षेत्रफल १५ सय ९ हेक्टर रहेको भए पनि ८ सय हेक्टर चुरे क्षेत्र भएकोले यस क्षेत्र कुनै पनि गतिविधि गर्न नपाउने बताउनुभयो । ६ सय ८८ हेक्टर बन क्षेत्रमा प्रभावकारी रूपमा काम भएको उहाँले बताउनुभयो । काम भएको क्षेत्रमा विभिन्न ब्लक निर्माण गरि काम गरिएको गुप्ताले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu