Connect with us
Kapilvast Forest

एसिया कप खेल्न नेपाली क्रिकेट टोली पाकिस्तानमा, पाकिस्तानसंग भदौ १३ गते खेल्ने

२०८०, ६ भाद्र बुधबारमा प्रकाशित

काठमाडौ – भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान पुगेको छ ।

नेपालले एसिया कप अघि पाकिस्तानमा अभ्यास खेल खेल्नेछ ।पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ ।

नेपालको समूहमा भारत र पाकिस्तान छन् ।त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।

नेपालले भदौ १३ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ ।सन्दीप लामिछाने भने यो टोलीका साथमा पाकिस्तान गएका छैनन् ।

नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको थियो । बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले यो प्रतियोगिताको लागि आफू निकै सकारात्मक रहेको बताएका छन् ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग उत्कृष्ट खेल खेल्ने बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu