Connect with us
Kapilvast Forest

चिनियाँ चर्चित ब्राण्ड हुम्तो नेपाल भित्रियो, भब्य उद्घाटन (फोटोफिचर)

२०८०, ६ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं- ट्रेकिङ, खेलकुद र क्याजुल वेयरको लागि चर्चित ब्राण्डको रुपमा रहको हुम्तोको शोरुम नेपालमा खुलेको छ ।

नेपालमा आधिकारिक बिक्रेता कुमारी इनले नेपालमा पहिलो पटक हुुम्तोलाई नेपाल भित्राएको हो । । उत्तम न्यौपाने, सुदर्शन न्यौपाने र प्रदीप न्यौपाने संस्थापक रहेको कुमारीले जाल्पा इन्टरनेसनलले काठमाडौको न्युरोडस्थित नेपा कम्पेक्समा शोरुम मार्फत बिक्रिबितरण सुरु गएको हो ।

अमेरिकामा सन् १९८५ मा स्थापित यो विश्वव्यापी कम्पनी अहिले चिनियाँ स्वामित्वमा चीनबाटै उत्पादन भइरहेको छ । हुम्तो नेपालका प्रमुख कार्यकारी लिउ लिनाङविनले नयाँ सो–रुमको उद्घाटन गर्नुभयो ।

 

हुम्तोले काठमाडौंको ठमेल, दरबारमार्ग, सिभिल मल र पोखरामा पनि छिट्टै शाखा खोल्ने तयारी समेत भइहेको कार्यकारी निर्देशक सुदर्शन न्यौपाने जानकारी दिनुभयो ।

ट्रेकिङ ब्रान्डको लागि बिश्वप्रसिद्ध ब्राण्ड नेपाल ल्याउदा अन्त्यतै खुसी हुनुहन्छ न्यौपाने । उहाँले ८१ वर्षिय आमाको आर्शिवादकै कारण बिश्वप्रसिद्ध ब्राण्ड आफुले पाएको बताउनुभयो ।

नेपाली उपभोक्तामा गुणस्तरीय र विश्वविख्यात ब्राण्डप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै हुम्ता ब्रान्ड नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ ।

नेपालीहरुको बढ्दो ब्रान्डप्रतिको आकर्षण मध्यनजर गर्दै सस्तो र सुलभ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्धेश्यले हुम्तो नेपाल भित्र्याइएको न्यौपानको भनाई छ ।

हुम्तोले सोरुम उद्धघाटनसंगै बिक्रीमा २० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu