Connect with us
Kapilvast Forest

फिफा विश्वकप छनोट :आज नेपालले यूएईको सामना गर्दै

२०८०, ३० कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौ – फिफा विश्वकप २०२६ को दोस्रो चरण र एएफसी एसियन कप छनोटका लागि आज नेपालले यूएईको सामना गर्दैछ।

आज यूएईको घरेलु मैदानमा हुने खेल राति साढे ९ बजे सुरु हुनेछ। समू एचमा रहेको नेपालले यूएईसँग खेल्दै दोस्रो चरण छनोटको सुरुवात गर्दैछ।

फिफा वरियतामा यूएई ६९ र नेपाल १ सय ७३ औं स्थानमा छ। यसअघि विश्वकप छनोट खेलेको टोलीबाट आजको खेलमा तीन खेलाडी मात्र छन्।

नेपाली टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बु, डिफेन्डर रोहित चन्द र फरवार्ड अञ्जन विष्ट यूएईविरुद्धको खेलमा छन्।

टोलीका अर्का डिफेन्डर अनन्त तामाङ भने प्रशिक्षणमा घाइते भएपछि यूएईविरुद्धको टोलीबाट बाहिर छन्। विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगमा लाओसलाई पराजित गर्दै नेपालले दोस्रो चरणमा स्थान पक्का गरेको थियो।

नेपाल रहेको समूह एचमा यूएईसँगै बहराइन र यमन छन्। होम एण्ड अवेका आधारमा हुने खेलमा नेपालले सबै टोलीसँग समान २ खेल खेल्नेछ। समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu