Connect with us
Kapilvast Forest

खुम्चियो नेपालको अन्तर्राष्ट्रिय व्यापार: आयात र निर्यात दुवै खस्कियो

२०८०, ८ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौँ।अर्थतन्त्रमा देखिएको मन्दीको असर मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा पनि देखिएको छ । मुख्य चाडपर्व तथा हिउँदका लागि आयात बढ्नुपर्नेमा त्यसको विपरीत कात्तिकमा व्यापार खस्किएको छ । गत वर्ष उत्साहप्रद रहेको निर्यात व्यापार पनि कात्तिकमा खुम्चिएको छ ।

भन्सार विभागका अनुसार कात्तिकमा नेपालले एक खर्ब चार अर्ब रुपियाँको वस्तु आयात गरेको छ । जबकि असोजमा नेपालले करिब एक खर्ब ४८ अर्ब रुपियाँको आयात गरेको थियो ।

यस हिसाबले कात्तिकमा ४४ अर्ब रुपियाँले आयात घटेको देखिन्छ । आयात घट्दा नेपालबाट पैसा बाहिरिन कम भए पनि त्यसले अर्थतन्त्रमा घट्दो मागलाई सङ्केत गर्छ । समग्र माग घट्दा अर्थतन्त्रमा देखिएको समस्यालाई पनि अन्तर्राष्ट्रिय व्यापारको पछिल्लो प्रवृत्तिले पुष्टि गर्छ ।

कात्तिकमा भएको कुल वस्तु आयात २०७९ कात्तिकको तुलनामा पनि करिब २० अर्ब रुपियाँले कम हो । गत वर्ष कात्तिकमा नेपालले एक खर्ब ३२ अर्ब ६९ करोड रुपियाँको आयात गरेकोमा यस वर्ष कात्तिकमा २८ अर्ब रुपियाँले कम आयात भएको हो ।

चालु आर्थिक वर्षका चार महिनासम्मको आयात पनि गत वर्षको समान अवधिको तुलनामा कम रहेको विभागको तथ्याङ्कले देखाउँछ ।

२०७९ कात्तिकसम्म पाँच खर्ब ३२ अर्ब ६९ करोड रुपियाँको वस्तु आयात भएकोमा चालु आवको कात्तिकसम्म भने ३.७९ प्रतिशतले घटेर पाँच खर्ब १२ अर्ब ५० करोड रुपियाँको आयात भएको छ ।

कात्तिकमा निर्यात पनि खस्किएको छ । असोजमा कुल १४ अर्बको वस्तु निर्यात भएकोमा कात्तिकमा १० अर्ब रुपियाँको मात्र निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ ।

गत आर्थिक वर्षको कात्तिकसम्मको तुलनामा यस वर्षको उक्त महिनासम्म पनि निर्यात घटेकै देखिन्छ । गत आवको कात्तिकसम्म ५४ अर्ब रुपियाँको वस्तु निर्यात गरेको नेपालले चालु आवको उक्त अवधिसम्म ५० अर्ब रुपियाँको मात्र वस्तु निर्यात गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu