Connect with us
Kapilvast Forest

१२ लाखको अवैध चिनीसहित २ जना पक्राउ

२०८०, २१ मंसिर बिहीबारमा प्रकाशित

बुटवल — रुपन्देही प्रहरीले झन्डै १२ लाख रुपैयाँ बराबरको अवैध चिनीसहित २ जना व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले बुधबार राति कारोबारमा संलग्न व्यक्तिसहित मायादेवीको पर्सहवाबाट ५६ बोरा चिनी र पिकअप भ्यान बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको ५६ बोरा चिनीसहित २ जना पक्राउ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चिनी ल्याउने बुटवल उपमहानगरपालिकाका ईश्वर भुसाल र अर्जुन कुँवरलाई नियन्त्रणमा लिइएको छ । भने चीनी ल्याउन प्रयोग गरिएको लु २ च २४ नम्बरको पिकअप समेत नियन्त्रणमा लिइएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिसहित गाडी र चिनी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu