Connect with us
Kapilvast Forest

पृथ्वीनारायण शाहको जंगी सालिक अनावरण गर्न पूर्व राजा ज्ञानेन्द्र शाह कपिलवस्तु आउदै

२०८०, २ पुष सोमबारमा प्रकाशित

कपिलबस्तु । पूर्व राजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको सालिक अनावरणका कपिलवस्तु आउनु हुने भएको छ ।

शिवराज नगरपालिका-३ खरेन्द्रपुर चोकमा स्थापना गरिएको सालिक अनावरणको पूर्व राजा शाह कपिलवस्तुको आउनु हुने शिवराज नगरपालिकाका नगर प्रमख अजय थापाले न्युजसेन्टर नेपाललाई जानकारी दिनुभयो । पुस १४ गते खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न लागिएको हो ।

नेपालमै पहिलो पटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको सालिक शिवराज नगरपालिकाले निमार्ण गरेको हो ।पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारीका सबै पुरा भएको थापाले बताउनुभयो ।

नेपाल एकिरण गरेर नेपाललाई बिश्वभर चिनाउने काम गर्नु भएको शाहको इतिहास सधै सम्झनाको लागि शालिक निमार्ण गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।

 

पूर्व राजा शाहले शिवराज नगरपालिकामा रहेको स्वर्गद्धारी आश्रममा पुजा गर्ने र पुजा गरेपछि सालिको अनावरण गर्ने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu