Connect with us
Kapilvast Forest

सुनमा नयाँ रेकर्ड, किन बढ्याे सुनकाे मुल्य ?

२०८०, २३ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सयमा काराेबार भईरहेकाे छ ।

मगंलबार प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार फेरि प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हाे ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार सय ४० तोकिएको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय २६ डलर आसपास कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बृद्धि भएको कारण नेपाली बजारमा सुनचाँदीको भाउ महँगिएको हो ।

लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफलयोग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ ।

त्यस्तै, नेपालले डलरको आधारमा विदेशी राष्ट्रसँग व्यापार गर्ने गर्दछ। जसले गर्दा डलरको मूल्य बढ्दा सुनको मूल्य स्वतः प्रभावित हुन्छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu