Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपालिकाकी उपमेयर गुप्ता विरुद्ध मुद्धा दर्ता

२०८१, ५ बैशाख बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु नगरपालिकाकी उपप्रमुख सुनिता गुप्ता (साहु) विरुद्ध मुद्धा दर्ता भएको छ । बुधबार १५ औ नगरसभामा नगर प्रमुख तथा नगरसभाका सदस्यहरु विरुद्ध अभद्र व्यवहार गरेकी उनलाई गाली बेज्यती तथा र्दुव्यवहार सम्बन्धि मुद्धा दर्ता भएको छ ।

निवेदकहरुले दिएको जाहेरीका अधारमा बुधबार नै जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गरेको जनाएको छ । नगरपालिकाका ८ जना वडा अध्यक्ष तथा ६ जना कार्यपालिका सदस्यले उपप्रमुख साुह विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । मुद्धा दर्ता भएको बारे पुष्टि गर्दै प्रहरी प्रमुख नवरत्न पौडेलले घटनाको अनुसन्धान गर्ने बताए ।

प्रहरी निरिक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएका छौ, वारदातका क्रममा उपस्थितहरु संग बयान लिएर अघि बढ्ने छौ” पौडेलले भने । प्रहरी श्रोतका अनुसार विहिबार नै उपमेयर विरुद्ध पक्राउ पुर्जी जारी हुने छ । “बुधबार सार्वजनिक विदा भएकाले लिन पाएनौ, विहिबार अदालतबाट पक्राउ पुर्जी लिन्छौ र अघि बढ्छौ” एक प्रहरीले भने ।

नगरपालिकाको कुल बजेट बाडफाडको ५० प्रतिशत आफुले तोके अनुसार विनियोजन नभएको, सेवा सुविधा मेयर बराबर नभएको, नगरका योजनाहरु आफु निकटलाई कोटेशनमा नदिएको भन्दै तिब्र असन्तुष्ट रहेकी उपमेयर गुप्ताले १५ औ नगर सभा विथोल्ने प्रयास समेत गरेकी थिइन् ।

रोष्टममा बोल्दा नै आपत्तीजनक शब्द प्रयोग गर्दै आएकी उनले नगरसभामा प्रस्तुत गर्नुपर्ने बिधेयक, ऐन लगायतका बिषयबस्तु प्रस्तुत नगरि नगरका मेयर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिृकत, शाखा प्रमुख तथा कर्मचारीहरु लक्षित भष्ट्रचार आरोप लगाउदै र्दुव्यवहारको प्रयास गरेकी थिइन् ।

करिब ८ महिना अघि समेत उपमेयर सुनिताका श्रीमान संजय गुप्ताले कर्मचारीलाई कार्यपालिका वैठकमै र्दुव्यवहार गर्दा सार्र्वजनिक मुद्धा समेत खेपेर धरौटीमा रिहा भएका थिए । जसपाबाट निर्वाचित उपमेयर गुप्ताका श्रीमान १ बर्ष अघि एमाले प्रवेश गरेपछि नगरपालिकामा विवाद सुरु भएको थियो ।

अझ त्यसमाथि तौलिहवा उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष उठेका गुप्ता नराम्ररी पराजित भएपछि बदला स्वरुप उपमेयर श्रीमती परिचालन गरेर हरेक क्रियाकलापमा असहयोग गरेको आरोप समेत छ ।

मेयर सुदिप पौडेल र उपमेयर गुप्ता दुबै जसपाबाट निर्वाचित जनप्रतिनिधी भएपनि उनले नगरका हरेक योजना, कार्यक्रममा अवरोध तथा असहयोग गर्दै आएको आरोप मेयर पौडेलेको छ ।

“उहाँ जनताको म्यान्डेड भन्दा पनि फरक दलको निर्देशनमा हिड्नुभएको छ, सिंगो नगरपालिकामा काम गर्ने वातावरण छैन, यसबारे पार्टी तहबाट समेत कारवाहीको उजुरी दिने तयारीमा छौ” उनले भने ।

जनप्रतिनिधी विचको किचलोले नगरपालिका कर्मचारीहरु समेत आतंकित बनेका छन् । जनप्रतिनिधीहरु बिच अस्वस्थ प्रतिस्प्रधाले काम गर्ने वातावरण नभएको, विभिन्न अवरोध तथा समस्या मात्र थुप्रिने गरेको र जनप्रतिनिधीहरु बाटै विभिन्न निकायमा प्रतिशोध साध्न उजुरीहरु दिएर दुख दिने गरेको कर्मचारीहरु बताउछन् ।

“यस्तै रहे यहाँ काम गर्ने अवस्था रहदैन” एक कर्मचारीले भने ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu