Connect with us
Kapilvast Forest

काठमाडौं–विराटनगर उडान रद्ध

२०७८, ३ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं – बुद्ध र यती एअरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्ध गरेका छन् । उडान रद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।वर्षा र बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ । केसलीया खोलामा आएको बाढी पसेकाले रनवे, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् ।

 

त्यसैले बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् ।विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले वर्षा र बाढीका कारण उडानहरु प्रभावित भएको जानकारी दिएका छन् ।

खराब मौसमका कारण मंगलबार पनि एक सय वटा आन्तरिक उडानहरु रद्ध भएका थिए ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो ।शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu