Connect with us
Kapilvast Forest

मनोरञ्जनको नाममा चन्द्रौटा महोत्सवमा खुल्लेआम जुवा

२०७९, १० पुष आईतवारमा प्रकाशित

कपिलवस्तुको चन्द्रौटामा आयोजित सातौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव मा मनोरञ्जनका नाममा बिभिन्न प्रकारका जुवा खेलहरु खुलेआम सञ्चालन भईरहेको छ । व्यपार संघ कपिलवस्तु र ठेकेकदार पक्ष जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालीका प्रबन्धक राजविर जयसवालले लगाएको महोत्सवमा खुलेआम जुवा सन्चालन भैहरको छ ।

मेलामा दैनिक साँस्कृतिक कार्यक्रम लगायत मनोरञ्जनका बिभिन्न साधनहरु भए तापनि ४ स्थानमा भने जुवाजञ्य बिभिन्न प्रकारका खेल खेलाएर मेलामा आउने सर्वसाधरणहरुले हजारांै रकम हार्ने गरेको शिवराज ५ का दिपक कसौधनले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट पुष ७ गते देखी २१ गतेसम्मको मेला सञ्चालनको इजाजत लिएको हो । महोत्सवमा अङ्कवाला डाइस जुवा, रिङ्ग जुवा, तीर जुवा, सतरञ्ज जुवा, डिब्वाबाला जुवा लगायतका खेलमा नगद राखेर युवालगायत सिधासाधा मानिसहरुले दैनिक हज्जारांै रुपैयाँ हार्ने गरेका छन ।

जुवाजञ्य खेल खेल्ने स्थानमा ठुलो परिणाममा पैसाको हारजीत हुने भएकाले पैसा राखेर जितिने आशामा कतिपयले घर व्यवहार चलाउने रकम समेत हारेर फिर्ता माग्ने गरेको दृष्य देखिने गरिएको छ ।

महोत्सव लागेको स्थान नजिक वडा प्रहरी कार्यालय चन्द्रौटा रहेकोले प्रहरीले जुवा नदेखको जस्तै प्रत्यक्षदर्शीहरुले बताए । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक कपिल जंग शाहिले महोत्सवमा भैरहेको जुवा तत्काल बन्द गरिने बताउनु भयो । दिउसो पनि अनुगमन गरि जुवा जन्य कार्य नगर्न अनुरोध गरेपनि यदी जुवा सम्बन्धी कार्य भएको पाइए कानुन बमोजिम कार्वाही गरिने प्रहरी निरिक्षक शाहले जानकारी दिनुभयो ।

 

जुवा बारे संविधानमा के लेखीएको छ ।
जुवा ऐन, २०२० को दफा २ मा “जुवा” भन्नाले “सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगका आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनु पर्दछ” भन्ने उल्लेख भएबाट के स्पष्ट हुन आउँदछ भने जुवा खेल खेल्नको लागि सम्पत्तिको हारजित, संयोग र खेल खेल्दा बाजी थाप्ने जस्ता कार्यहरुको विद्यमानता हुनुपर्ने ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu